दोलखाको ११ किलो सुन प्रकरणमा काठमाडौंबाट थप एक चिनियाँ पक्राउ

दोलखा | असोज १७, २०८०

दोलखाको ११ किलो सुन प्रकरणमा काठमाडौंबाट थप एक चिनियाँ पक्राउ

दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा प्रहरीले थप एक जना चिनियाँ नागरिक पक्राउ गरेको छ। 

 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका-१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासी, दावा भन्ने आगर लामा छन्। 

 

उनलाई स्वयम्भूबाट पक्राउ गरिएको एसपी अधिकारीले बताए। यो सुन तस्करी गरेको घटनामा सुन अर्डर गर्नेदेखि ल्याउन लगाउने सम्मको भूमिका तासीले खेल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

 

मंगलबार मात्रै सिआइबीको टोलीले काठमाडौंबाटै एक जना चिनियाँ नागरिकसहित ३ जनालाई पक्राउ गरेको थियो। त्यसअघि नै प्रहरीले दोलखाबाट ७ जनालाई पक्राउ गरेको थियो। यस प्रकरणमा अहिलेसम्म ११ जना पक्राउ परेका छन्। 

 

चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङलाई मंगलबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो। उनीहरूमाथि थप अनुसन्धानका लागि दोलखा पठाइसकेको छ। 

 

गत असोज १० दोलखाको बिगु गाउँपालिका-१ का १९ वर्षीय पेम्बा तामाङ, २० वर्षीय माधव मगर, २८ को केशर तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ, ३२ वर्षीय चस्मान (छिरिङ) तामाङ र एक नाबालकलाई पक्राउ गरेको थियो।

 

गत शुक्रबार ९ असोज १२० गते प्रहरीले तीन किलो सुन बरामद गरेको थियो। अनुसन्धानकै क्रममा थप चार किलो सुन आइतबार दोलखाबाटै बरामद भएको हो।

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्